कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग

  बैशाख ०३, २०७७

काठमाडौँ, वैशाख ३ : नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । प्राधिकरणले कोभिडको संक्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पु¥याउन संस्थागत रूपमा सहयोग गरिएको उल्लेख गरेको छ । प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट रु ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया