सप्तरीमा र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ

  बैशाख ०३, २०७७

राजविराज, वैशाख ३ : र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

अस्पतालमा गरिएको आरडीटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातैजनाको स्वाब संकलन गरी थप परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।

आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो। यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापीड डायग्नोस्टिक टेस्ट गरिएको र रिर्पोट नेगेटिभ आएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया