सनसिटीको संक्रमित परिवारकी बुहारीको रिपोर्ट नेगेटिभ

  बैशाख ०३, २०७७

काठमाडौं, वैशाख ३ : सनसिटीमा बसेका एकै परीवारका -यापिड टेस्टमा तीन जनाका कोरोना पोजेटिभ देखिएको पछि गरिएको पीसीआर विधिबाट परीक्षण गर्दा सो परिवारको एकजना (बुहारी) मा भने संक्रमण फेला नपरेको बताइएको छ ।

सो परिवारका दुई जना ८१ वर्षिया आमा र ५८ वर्षिया छोरामा संक्रमण पाइएको थियो ।
अर्को एक सदस्यको दोहो-याएर जाँच गर्दा पनि नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. बिकास देवकोटाले जानकारी गराउनुभयो ।

सो परिवारमा काम गर्ने सहयोगीको नमुना संकलन भएको र सो परीक्षणका क्रममा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया