आरडीटी परीक्षणमा पोजिटिभ देखिएका गोरखाका युवाको स्वाब परीक्षणमा नेगेटिभ

  बैशाख ०३, २०७७

पोखरा, वैशाख ३ : र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ । 

आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए ।

फागुन २३ मा बहराइनबाट आएकायुवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया