आन्तरिक उडान पनि वैशाख १८ सम्म बन्द

  बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : सरकारले चैत १३ देखि रोकेको आन्तरिक उडान बन्द गर्ने समय वैशाख १८ सम्म लम्ब्याएको छ । यसअघि चैत २५ गते सरकारले अन्तर्राष्ट्रिय कमर्सियल उडान वैशाख १८ सम्म रोक्ने निर्णय गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले वैशाख १८ सम्मै आन्तरिक व्यावसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको यो निर्णय नागरिक उड्डयन प्राधिकरणमार्फत आन्तरिक वायुसेवा सञ्‍चालकलाई पत्रमार्फत गराइने छ । सरकारले चैत ९ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोकेको थियो भने चैत १३ देखि आन्तरिक उडान रोकेको थियो ।

नेपालमा हाल सञ्‍चालनमा २१ वटा (रोटर र फिक्सडविङ) घरेलु वायुसेवा कम्पनी छन् । तर, बिरामी तथा पर्यटक उद्धार लगायतका मानवीय सहायताका चार्टर उडानलाई भने रोक नलगाइएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया