कोरोना संक्रमितसम्म खाना पु-याउने रोबोट परीक्षण सफल

  बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : कोरोना संंक्रमणले विश्व अक्रान्त भइरहेका बेला त्यस विरुद्ध लड्न विश्वव्यापी रुपमा नयाँ खोज र अनुसन्धान भई रहेका छन् यसैक्रममा केही नोपली युवाले पनि संंक्रमित विरामीसम्म खाना पु-याउने रोवोटको सफल परीक्षण गरेका छन् ।

रोबोटिक एशोसियशन नेपालको प्रयासमा तयार गरिएको सो रोवोटको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको सो एशोसियशनले जनाएको छ । साथै सो टोलिले उक्त रोवोटका बारेमा शिक्षण अस्पतालको आइसोलेशन कक्षमा कार्यरत नर्सहरूसँग पनि छलफल गरेको थियो ।

रोबोनट्स नामक सो रोवोट निर्माणमा संलग्न पृथ्वी चौधरीको नेतृत्वको टोलीले उक्त राबोट कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नुका साथै त्यसबाट आइसोलेशन वार्डमा रहेका विरामी राखिएका सबै शैयामा कसरी खान पु-याउने भन्ने कुराको परीक्षण गरेका थिए । उक्त परीक्षण सफल भएको सो एशोसियशनले जनाएको छ ।

सो रोबोटको निर्माण लागत सामाग्रीका लागि मात्र ९६ हजार पाँचसय रुपिया लागेको र उक्त रोबोटले एक सय मिटर टाढासम्म रहेर काम गर्न सक्ने रोबोटिक एशोसियशन नेपालका अध्यक्ष विकास गुरूङले बताउनुभयो । उहाँले सो एशोसियशनसँग अहिले चारवटा रोबोट बनाउन पुग्ने सामाग्री रहेको र अन्य सदस्यहरूलाई पनि सो काममा जुट्न आग्रह गरिएको र अन्य सदस्यहरूसँग भएको सामाग्री र सहयोगबाट तत्कालका लागि ४० देखि ५० वटासम्म रोबोट तयार गर्न सकिने बताउनुभयो ।

यसको सफल परीक्षण पछि अहिले नेपाली सेना तथा प्रहरी अस्पतालबाट पनि आफूहरुलाई बोलावट भएको र उहाँहरुका लागि पनि सो तयार गर्ने तयारी भई रहेको अध्यक्ष गुरुङ्ले बताउनुभयो । उक्त रोबोटले ५० किलोसम्मको तौल बाृृेक्न सक्ने र यदि खानालाई बक्समा राखेर वितरण गर्ने हो भने एक पटकमा ५० वटा सम्म प्याकेट ओहोर दोहोर गाराउन सकिने उहाँको भनाइ छ ।

सो रोबोर्टले कोभिड १९ भाइरस संक्रिमित विरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य कर्मीलाई भारसरको संक्रमणबाट बचाउन सहयोग पुग्ने विश्वास लिइएको छ । सो एशोसियशनले कोरोना सँग सम्बन्धित अन्य ड्रोन -यापिड रेस्पन्स टिम, एयर भेन्टिलेटर र नेपाल इनोभेशन म्यापर टिम बनाउने जस्ता काम गरी रहेको पनि जनाएको छ । एयर भेन्टिलेटर निर्माणमा कपिल खानाल संलग्न रहनु भएको छ ।

तपाईको प्रतिक्रिया