लकडाउनबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

  बैशाख ०२, २०७७

काठमाडौं, वैशाख २ : दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ ।

लकडाउन ७ वा १० दिन बढ्नसक्ने एक मन्त्रीले कान्तिपुरलाई बताए। छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केहीबेरअघि एक सन्देश जारी गरी भारतमा लकडाउन मे ३ अर्थात्, वैशाख २१ सम्म बढाउने घोषणा गरेका छन्। भारतमा बढेको लकडाउनको समेत विश्लेषण गरेर निर्णय गरिने उनले बताए ।

नेपालमा हालसम्म कोरोनाका १४ वटा केस प्रयोगशाला प्रमाणित छन् । काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्दै आएको एक परिवारका तीनजनामा र्‍यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षणमा कोभिड १९ पोजिटिभ देखिए पनि पिसिआर टेस्टको रिपोर्ट आएको इकान्तिपुरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया