प्रधानन्यायाधीशद्वारा नयाँ वर्षको शुभकामना

  बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ वर्ष २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सिङ्गो मानव समुदायलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि उच्च मनोबल र सकारात्मक सोचका साथ सबै एकजुट भई अगाडि बढ्न थप ऊर्जा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

सन्देशमा कोरोना भाइरस सम्भावित सङ्क्रमणबाट बच्न सर्वोच्च अदालतसहित देशभरका अदालतमा तथा न्यायाधीकरणहरुको सेवा प्रवाह सङ्कुचनमा ल्याई सीमित गरी अति आवश्यक सेवा मात्र सञ्चालन गरिरहेको उल्लेख छ ।

देशभर लकडाउनको अवस्था भएको हुँदा अदालत तथा न्यायिक निकायबाट भइरहेको सीमित सेवा प्रवाहमा संलग्न न्यायाधीश, कर्मचारी, सरकारी वकिललगायत सबैलाई नयाँ वर्षमा कोरोना भाइरसविरुद्ध लड्न थप जोस, जाँगर र उत्साह पैदा हुने भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया