थप दुई जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

  बैशाख ०१, २०७७

काठमाडौं, वैशाख १ : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै राैतहटकाे क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि फेला परेकाे छ 
-यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा कोभिड–१९ पछि काठमाडौंमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हाे ।

उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लक डाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।
उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।

तपाईको प्रतिक्रिया