प्रधानमन्त्रीको आग्रह- सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुनुस्

  चैत ३०, २०७६

काठमाडौं, चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन बिहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानीकर्ता, सरसफाइ कर्मचारी, सुपरमार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गर्नुभएको हो ।

अभियानले राष्ट्रिय धुनपछि एक्यवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटरमार्फत भन्नुभएको छ, ‘मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्छु ।’ सो अभियान आफ्नै घरको कौशी, बरण्डा र झ्यालमा बसेर गर्न समेत ग्लोबल कम्प्याक्ट नेपालले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया