स्वदेश फर्कनै चाहन्नन् विदेशी पर्यटक

  चैत ३०, २०७६

तनहुँ, चैत ३० : कोरोना भाईरस कोविड–१९ को सङ्क्रमणमा परिने डरले यहाँ घुम्न आएका विदेशी पर्यटक नेपालमै बस्न चाहेका छन् । तनहुँको पर्यटकीय स्थल बन्दीपुरमा बसेका पर्यटकहरु आफ्नो देश कोरोनाको उच्च जोखिम रहेको भन्दै घर फर्कन मानेका छैनन् । नेपाल भ्रमणका क्रममा बन्दीपुर आईपुगेका १२ जना पर्यटकहरु घर फर्किन नमानेका हुन् ।

बन्दिपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर क्षेत्रका होटलमा रहेका विदेशी पाहुनाहरुको तथ्याङ्क संकलन गरी आ–आफ्नै देशमा पठाउने व्यवस्था गरे पनि असुरक्षाको कारण देखाउँदै उनीहरु घर फर्किन नमानेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

होटलमा बस्दै आएका पर्यटकहरुको पहिचान गरी आ–आफ्नै देशमा पठाउने उद्देश्यले तथ्याङ्क सङ्कलन गरिए पनि उनीहरु घर फर्किन अस्वीकार गरेकाले पठाउन नसकिएको बन्दीपुर गाउँ पालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । नेपालमा रहुञ्जेल कुनै अप्ठेरो छैन भन्ने महशुस दिल्याईएको उहाँ बताउनुुहुन्छ । ‘तपार्इंहरु आत्तिनु पर्दैन संरक्षण गर्न सरकार पनि छ है भन्ने विश्वास दिलाउन सामाजिक दुरी कायम गरी पालिकाका पदाधिकारी र स्थानीय सामाजिक व्यक्तिहरुसँग सँगै बसेर खाना खाएका छौं ।’ अध्यक्ष थापाले भन्नुभयो ।

घर फर्कन नमान्ने पर्यटकहरुमा फ्रान्सका पाँच, बेलायतका एक, रुसका दुई, चीनका एक, कोलाम्बियाका दुई, क्यानडकाा एक जना गरी १२ जना रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । फान्सबाट भएका ३४ वर्षिय पल इरिक होस्टेफेनिक्सले नेपालमा भन्दा फ्रान्स असुरक्षित रहेकाले देश फर्किन मन नलागेको बताउनुभयो । म नेपाल आएकाले सङ्क्रमण हुनबाट बचे जस्तो लागेको उहाँले भन्नुभयो, रोग नियन्त्रणमा आएपछि मात्रै फर्कने चाहना छ ।’

दुई महिना सम्म बस्नको लागि रमको अभाव नहुने भएकोले बन्दीपुर बस्न चाहेको पावलले बताउनुभयो । फ्रान्सबाटै पावलसँगै आउनु भएका जेभियर डुरन्डले नेपालमा भेट हुँदा हात मिलाउने भन्दा नमस्कार गर्ने एक अर्कामा अङ्कमाल तथा चुम्बन नगर्ने एवं सहरी क्षेत्रमा मास्क लगाएर हिँड्ने जस्ता कारणले रोग नपैmलिएको जस्तो लागेको बताउनुभयो । साथै जेभियरले नेपालको हावा र पानी राम्रो भएकाले नेपाललाई सुरक्षित हुन मद्धत पुगेको बताउनुभयो ।

महामारीको रुपमा कोरोना भाइरस फैलिन थालेपछि उनीहरुको बन्दिपुर अस्पतालमा एक दिन एक रात राखेर स्वास्थ्य परीक्षण गरिएपछि अवस्था सामान्य रहेकोले बस्न अनुमति दिइएको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाई सभापति एवं पर्यटन बिकास समितिका पूर्व अध्यक्ष बैंस गुरुङले बताउनुभयो । उनीहरुलाई काठमाडौंसम्म पु¥याउनको लागि बसको व्यवस्था गरे पनि जान नमानेको उहाँले जानकारी दिनुभयो । बन्दीपुर शान्त, स्वच्छ हावापानी र रमणीय ठाउँ भएकोले बस्न पट्यार नलागेको जेवियर बताउनुहुन्छ । उनीहरु दुबै जना मिलन गेष्ट हाउसमा बस्ने गरेका छन् ।

खाना पकाउने, खाजा बनाउने गर्ने गरेको गेष्ट हाउसका सञ्चालक तेजेन्द्र बानिया बताउनुहुन्छ । कोरानको सन्त्रास भएपनि पाहुना भनेका भगवान सरह भएकोले बस्न दिएको बानिया बताउनुहुन्छ । पहाडकी रानीको उपनामले परिचित बन्दीपुरमा गत वर्ष मात्रै डेढ लाख पर्यटकले भ्रमण गरेको भएपनि यसबर्षको पर्यटन वर्षमा अझ बढी पर्यटक भित्रयाउने योजना रहेको थियो । कोरोनाले गर्दा व्यवसाय ठप्प भएपछि बन्दीपुरका व्यवसायी चितिन्त रहेका छन् । बन्दीपुरमा मात्रै साना÷ठुला गरी ७० वटा होटल र चार वटा होमस्टे रहेको र मूख्य आम्दानी नै पर्यटन रहेको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया