‘भलै हामी सकिएर नरकमा पुगौंला तर पनि त्यो गौरवपूर्ण नै हुने छ’

  चैत ३०, २०७६

रोम इटाली चैत ३० : कुनै बेला यस्तो समय थियो विश्व फरक अबस्थामा थियो त्यहाँ केही चिज थियो भने त्यो ‘मेड इन इटाली’ हुन्थ्यो । कडा परिश्रम, सृजनशीलता र उद्धारताका कारण इटालीको उत्कृष्ठ जीवन पद्धति, राम्रो खाना, भेषभुषा विश्वभर परिचित थियो । त्यस्तै अर्को एक सयम थियो विश्वको फरक भौगोलिक अवस्थितिलाई छुट्याउने सीमा करीब मेटिइ सकेको थियो । त्यत्तिबेला इटालीले आफैं निर्माण गरेको कपडा, झोला, जुत्ता र कारमा गर्व गथ्र्यो । र यो क्रम खाली हिजोसम्म थियो ।

विश्वका करिब अधिकांश राष्ट्रका असंख्य व्यक्ति महिना दिनदेखि लकडाउनमा छन् । र यो सहजै अन्त्य हुने छाँटकाँट देखिन्न । सूचना प्रविधि मैत्री झोला, ठाटिलो पहिरन, चश्मा, उत्कृष्ट जुत्ता र प्रतिष्ठाको प्रतिक–कारको आवश्यकता यतिबेला कसैलाई छैन् । बाहिर निस्किने वा जाने ठाउँ छैन् । यो युद्धको समय हो । हामी एउटा युद्ध लड्दै छौं । अदृश्य तर घातक शत्रुका विरुद्धको लडाइ हो । यद्दपी लडाइ नै हो । र हामीले सबैभन्दा उत्कृष्ट तरिकाले प्रकोपको सामना गर्न जानेका छौं । फेरागामोको पौराणिक कथा युद्धकालदेखि नै प्रसिद्ध छ । उहाँले रबरको प्लेटफर्मबाट जुत्ता अविष्कार गर्नुभयो किनकि काठ लगायतका सामग्री उपलब्ध थिएन । तर अहिले अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ‘मेडइन इटाली’ निर्माण गर्ने सबै उद्दोगहरु युद्धको अवस्थामा गइसकेका छन् ।

ती उद्योगले उत्पादन रोकेका छैनन् । तर बिगतमा उत्पादन गर्दै आएका वस्तुमा परिवर्तन गरेका छन् । उपकरण परिवर्तन गरेर वा उपकरणको अनुकुल माश्क, पञ्जा, मोजा, अनुहार ढाक्ने भाइजर र आँखा छोप्ने चश्मा उत्पादन गर्न थालेका छन् । भेन्टिलेटर र सेनिटाइजर समेत उत्पादन गरेको छ ।

टस्केनी क्षेत्रको अपीलमा गस्सीले कोरोनाभाइरसको सामना गर्न स्वास्थ्य कार्यकत्र्ताका लागि चिकित्सकीय परीक्षणमा प्रयोग हुने पहिरन अन्तगर्त माश्क, विषाणु छिर्न नसक्ने पोशाक बनाउन सुरु गर्यो । ११ लाखभन्दा बढी चिकित्सकीले प्रयोग गर्ने माश्क र ५५ हजार पोशाक आगामी दिनमा दान गरिनेछ । टस्केनीकै आग्रहमा मीउसिया प्राडाले फेरि पनि ८० हजार विषणु छिर्न नसक्ने पोशाक र एक लाख १० हजार माश्क उत्पादन गर्न सुरु गरेको छ ।

अर्मानी समूहले आफ्नो सबै कारखानालाई कोरोनाभाइरसको संक्रमण विरुद्ध लड्न प्रयोग हुने व्यक्तिगत् सुरक्षा शारीरिक पहिरन उत्पादन गर्न परिचालन गर्ने घोषणा गर्यो । नागरिक सुरक्षा निकायको अपीलमा अर्मानी समूहले २० लाख यूरो राहत कोषमा जमा गर्ने घोषणा गर्यो ।

फेन्डी, सर्भिनो, फेरागामो, सेलिन, छालाको वस्तु उत्पादन गर्ने सेरापियन, रिचमन्ट र भ्यालेन्टिनो पनि उक्त राहत कोषमा रकम जममा गर्यो । रोमस्थित स्पालाञ्जनी अस्पतालमा अनुसन्धानका लागि एच डी थ्री डी सूक्ष्मदर्शक यन्त्र अनुदान दिएर सीमित नभएको बुल्गेरीले सरकारसँग समन्वय गरी लाखौं थान सेनिटाइजर दियो । बुल्गेरीले प्रतिदिन छ हजार सैनिटाइजर उत्पादन गरी दुई महिनामा दुई लाख बोतल उत्पादन गर्ने लक्ष्य लिएर अगाडि बढेको छ । सौन्दर्य सामग्री उत्पादनका लागि प्रतिष्ठित ब्राण्ड एर्बोलारियोले सुरुमा जोखिम न्यूनीकरणका लागि कारखाना बन्द गर्ने निर्णय लिएपनि अहिले सेनिटाइजर बनाउन सुरु गरिसकेको छ ।

चारपाङग्रे सबारी सामाग्रीको विशाल कारखाना रहेको बहुराष्ट्रिय कम्पनी फिएट क्रिष्लर अटोमोबाइल्स र फरारीले मरेलीसँग मिलेर आईसीयूमा भर्ना हुने बिरामीका लागि आवश्यक सबै उपकरण बनाउन सुरु गरिसकेको छ । र तपाई ढुक्क हुनुस्, इटालीमा पठाइएको काम नलाग्ने माश्क र कोरोनाभाइरस परीक्षण गर्ने किट झैं यहाँ निर्मित उपकरण र वस्तु असफल हुने छैन् । इटाली राष्ट्रप्रेमको सबालमा अरु झैं बोलाइ र भावनामा सीमित राख्दैन् । र सस्तो देशभक्तिमा पनि रम्दैन । हामीले सामना गरिरहेको यो क्षण इतिहासको पाना पल्टाएर कहिल्यै स्मरण गर्ने इच्छा राख्ने छैनौं । तर दिनको अन्त्यमा हामी सबै आफ्नो देश, अद्वितीय संस्कृति र प्रतिकमाथि गर्व गरिरहन्छौं ।
एफ वान दौडका लागि कार उत्पादन गर्ने एफसीए कम्पनीले इटालीलाई लक्षित गरी श्रद्धाञ्जली स्वरुप एक अभियान चलाएको छ । भिडियोमा देशका सबै सुन्दर आधिकारिक वस्तु, गौरवपूर्ण इतिहाससँगै शक्ति, ऐक्यबद्धता, नैतिकता र गर्विलो क्षण समेटिएको छ । जसले आशाको सन्देश प्रवाह गर्छ ।

अन्त्यमा, व्हाट्स एपमा भाइरल भएको एउटा अत्यन्तै मिजासिलो सन्देशमा लेखिन्छ, “इटाली कठीन समस्यामा रहेको यथार्थ हो, तर तिमीले अर्मानीले चिकित्सकका लागि एप्रोन सिलाएको, फरारीले भेन्टिलेटर र आईसीयू उपकरण निर्माण गरेको, गस्सीले माश्क तथा बुल्गेरीले सैनिटाइजर जेल बनाएको कहाँ पाउँछौं ?, भलै हामी सकिएर नरकमा पुगौंला तर पनि त्यो गौरवपूर्ण नै हुने छ ।”

कोरोना भाइरस संक्रमणबाट इटाली विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र हो । पछिल्ला दिनमा कोरोनाभाइरस संक्रमणको केन्द्र बिन्दु अमेरिका बनेको छ । तर अमेरिकीले अहिले भोगिरहेको पीडादायी क्षण इटालीले सामना गरिसकेको छ । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट कम्तिमा १८ हजार व्यक्तिको मृत्यु भएको छ । करिब एक लाख पचास हजार व्यक्ति संक्रमित छन् ।

(इटालीबाट एएनआईका लागि फ्रान्सेस्का मरिनोले लेख्नुभएको लेख इश्वरचनद्र झाले गोरखापत्र अनलाइनका लागि अनुवाद गर्नुभएको हो )

तपाईको प्रतिक्रिया