प्रतिबन्ध खुकुलो पार्ने निर्णयमा हतार नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

  चैत २९, २०७६

काठमाडौं, चैत्त २९ : विश्व स्वास्थ्य संगठन कोरोनाभाइरस महामारीको बीच प्रतिबन्ध खुकुलो पार्न शिघ्रता नगर्न चेतावनी दिएको छ । स्वास्थ्य संगठले हतारमा प्रतिबन्ध खुकुलो पार्ने निर्णयले कोरोनाभाइरस संक्रमण पुर्नरुत्थान भई घातक हुनसक्ने चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले केही राष्ट्रले घरमै बस्न जारी गरेको निर्देशन खुकुलो पार्न छलफल चलाएकोबारे ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले स्वास्थ्य संगठनले पनि छिटोभन्दा छिटो प्रतिबन्ध हटाउने पक्षमा रहेपनि कोरोनाभाइरस संक्रमणको पुनरुत्थान हुने शर्तमा त्यस्तो निर्णय नलिन आग्रह गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनले महामारीका बीच विश्वमा मासिक दश करोड चिकित्सकीय माश्क र दुई करोड पचास लाख एन ९५ माश्क र चिकित्सकीय पहिरन तथा अनुहार ढाक्ने ढालको आवश्यकता रहेको जनाएको छ । त्यसैगरी २५ लाख परीक्षण किटको आवश्यकता हुने संगठनले जनाएको छ । उक्त लक्ष्य पुरा गर्न विश्व खाद्द कार्यक्रमले आठवटा ७४७ विमान नियमित परिचालन गर्नेछ ।

तपाईको प्रतिक्रिया