जलवद्युत् आयोजना निर्माणमा समस्या : एक हजारको लक्ष्य पुग्न मुश्किल

  चैत २९, २०७६

काठमाडौँ, चैत २९ : कोरोना भाइरसको प्रभाव विश्वभरी फैलिदा अप्रत्यासित रुपमा भएको लकडाउन (बन्दाबन्दी)ले गर्दा निर्माण सम्पन्न हुने अन्तिम तयारीमा रहेका केही जलविद्युत् आयोजना निर्धारित समयभित्र आउन मुश्किल हुने भएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रशारण लाइनमा एक हजार मेगावाट जोड्ने लक्ष्यका साथकाम गरिरहेको सरकारले लकडाउनका समय लम्बिदै जाँदालक्ष्य पूरा गर्न नसकिने संकेत दिएको छ । हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेता पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने अवस्था देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले गोरखापत्रसँग कुराकानीगर्दै भन्नुभयो, –‘चालु आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ । लकडाउनको अवस्थामा प्रभावकारी रुपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाट सम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौँ । तर एक हजार मेगावाटको लक्ष्य भेटाउन भने नसकिने स्थिति पैदा भयो ।’

सचिव घिमिरेले भन्नुभयो, –‘निर्माण सम्पन्न हुनै थालेका कतिपय आयोजनामा आवश्यक सामाग्री छैन, कतिपय आयोजनामा सामाग्री भए पनि कामदारले कामगर्न मानेका छैनन् । सबैतिर मनोवैज्ञानिक त्रास छ । नेपाल भित्रकोस्थितिलाई त हामीले नियन्त्रणमा लिएर काम गर्न सकिएला, जलविद्युत् आयोजनाका लागि कतिपय यन्त्र, उपकरण भारत तथा तेस्रो मुलुकबाट ल्याउनु पर्ने हुन्छ । त्यस्तो अवस्थामा निर्धारित समयमा काम सम्पन्न गर्न गाह्रो हुने स्थिति देखिदैछ ।’

नेपालविद्युत् प्राधिकरण र प्राधिकरणका भगिनी संस्थाद्वारा प्रवद्र्धन गरिएका जलविद्युत् आयोजना हुन वा क्षेत्रबाट प्रवद्र्धन भएका आयोजना हुन्, लकडाउनका कारणले कच्चापदार्थको उपलब्धता, ढुवानी, कामदारको उपस्थिति, इन्धनको उपलब्धता लगायतका समस्याले निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका छन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको कामलाई असर नपर्ने गरी कामगर्न सम्बन्धित निकायलाई निर्देशन तथा सहजीकरण गरीरहेको भए पनि लकडाउनसँगै उत्पन्न जटिलताले सोचे अनुसार फिल्ड तहमा काम हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।उहाँले भन्नुभयो, जताततै त्रास छाएको छ तर पनि केही जलविद्युत् आयोजनामा लकडाउन बीचमा पनि सुरक्षित ढंगले काम भइरहेको छ । काम रोकिएको त छैन ।

भौतिक प्रगति हेर्दा ९९ दशमलब ४ प्रतिशतकाम सम्पन्नभइसकेको माथिल्लो तामाकोशीमा कोरोनाका त्रासका कारण काम गर्ने जनशक्तिले मन खुलेर कामगर्न सकेको अवस्था छैन । निर्माण सामग्री आयातमा सहज नभएकाले पनि समस्या झन थपिको छ । तामाकोशी, मेलम्ची लगायतका कामदारको ठूलो समुह काम गर्ने स्थानमा सुरक्षाका सबै मापदण्ड अपनाएर काम सुचारु गर्न सरकारले निर्देशन दिएको भए पनि त्रासले कामदारहरुबीच काम गर्ने वातावरण बन्न नसकेको बताइएको छ ।

४५६ मेगावाट क्षमताको यो आयोजनाकोे पहिलो युनिटबाट आगामी असारसम्म उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरी कामभइ रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो । कोरोनाका त्रास भए पनि आयोजनाको काम सुचारु भइरहेको बताउँदै उहाँले भन्नुभयो, आउँदो असारसम्मपहिलो युनिटबाट ७६ मेगावाट उत्पादनगर्ने लक्ष्यका साथ विदेशी तथा स्वदेशीकामदारलाई ‘कन्भिन्स’ गरेर कामलाई निरन्तर दिइरहेका छौँ तर पनि यो विश्वव्यापी महामारीले कामगर्ने वातावरण बन्न सकेको छैन । हाल आयोजनामा स्वदेशी तथा विदेशी गरी एक हजार भन्दा बढी कामदारले कामगरिरहेको उहाँले जानकारी दिनुभयो ।

उता आगामी असार मसान्तभित्रै प्रसारण लाइनमा बिजुली जोड्ने लक्ष्यका साथ काम भइरहेको माथिल्लो साञ्जेनको काम पनि लकडाउनका कारण प्रभावितभएको छ । आयोजनाको इलेक्ट्रो मेकानिकलको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीका प्राविधिकहरु चिनियाँ नयाँवर्ष मनाउन चीन गएका बेला चीनमा कोरोना भाइरसको प्रकोप फैलिई नेपाल आउन नसकेको र हाल नेपालमा लकडाउन हुँदाअझै पनि आउन सक्ने वातावरण भइ नसकेकाले काम ठप्प जस्तै भएको छ ।

साञ्जेन जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्ष मनोज सिलवालका अनुसार आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको कार्य धमाधमभइरहेको छ । तर चिनियाँ ठेकेदार कम्पनीका कामदार नआउन्जेसम्म इलेक्ट्रो मेकानिकलको काम अगाडि नबढ्ने भएकाले निर्धारित समयभित्रै आयोजना आउनेमा शंका हुन थालेको छ । यो आयोजनाबाट १४.८ मेगावाट उत्पादन हुने छ ।

त्यसैगरी ४२.५ मेगावाटको तल्लो साञ्जेनको काममा पनि कोरोना संक्रमणको त्रास र लकडाउनका कारण काम खासै हुन सकेको छैन । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा पनि लकडाउन अघि काम द्रूत गतिमा भइरहेको भएपनि पछिल्ला दिनमा सिमेन्ट, रड तथा अन्य अत्यावश्यक सामाग्री सकिएपछि कामदारले कामगर्न पाएका छैनन् ।

रसुवागढी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष माधब कोइरालाले भन्नुभयो, आयोजनामा ७५० भन्दा बढी कामदारले अहिले पनि काम गरिरहेका छन् । सिमेन्ट, रड लगायतका सामान सकिइसकेका छन् । नेपालभित्रै पनि ढुवानी गर्न असहजभइरहेका बेलाभारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्ने सामान कहिले आइपुग्छन् भन्ने टुङ्गो छैन ।

करिब ७५ प्रतिशत हाइड्रो मेकानिकल तथा सिभिलतर्फको काम सम्पन्न भइसकेको सो आयोजनाको काम बर्षा भन्दा अघि नै हेडवक्र्सको काम सकिन्न न कि ?भन्ने चिन्ता व्यक्तगर्दै अध्यक्ष कोइरालाले भन्नुभयो, बर्षाको मौसम लागेपछि हेडवक्सको कामगर्न सकिदैन । त्यो भन्दा अघि नै काम सक्न पाए हुन्थ्यो भन्ने हो तर कोरोनाको समस्याझन जटिल हुँदै गएको छ ।
निर्माणको चरणमा रहेको भोटे कोशी जलविद्युत् आयोजनाको काम पनि लकडाउनकै कारण प्रभावित भइरहेको छ । १०२ मेगावाटको यो आयोजनाका लागि आवश्यक सामाग्री सहज रुपमा आपूर्ति हुन नसक्दा निर्धारित समयमा आयोजनाबाट उत्पादन लिन नसकिने संकेत देखा परेको प्राधिकरणले जनाएको छ ।

आवश्यक सामग्रीको अभावमा कामदार भएर पनि काम रोकिएका आयोजनाकालागि सरकारले सामान ढुवानीको व्यवस्थामिलाउने प्रवन्ध गरिरहेको उर्जा सचिव घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामीले त्यस्ता आयोजनाका लागि आवश्यक सामानको पाउने स्थान, उद्योग, कलकारखाना आवश्यक सामानको विवरण, सवारी साधन तथा ढुवानी गर्दा लाग्ने समयको बारेमा विवरण संकलन गरिरहेका छौँ । गृह मन्त्रालयसँगको समन्वयमा देशभित्रै पाउने सामान ढुवानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।’

तपाईको प्रतिक्रिया