बालबालिकाको अतिरिक्त हेरचाह गर्न एन्जेलिना जोलीको आग्रह

  चैत २९, २०७६

काठमाडौं, चैत २८ : हलिऊडकी चर्चित नायिका एन्जेलिना जोलीले कोभिड–१९ महामारीका बीच बालबालिकाको अतिरिक्त हेरचाह गर्न अभिभावकसँग आग्रह गर्नुभएको छ । टाइम म्याग्जिनका लागि एक आलेखमा उहाँले बालबालिकामा कोभिड–१९ को संक्रमणको जोखिम बढी नदेखिएपनि पूर्णरुपमा सुरक्षित नरहेको सचेत गराउनुभएको छ ।

समाचार संस्था पीटीआईका अनुसार जोलीले कोरोनाभाइरस संक्रमणले बालबालिकाको पूर्ण सुरक्षाको आवश्यकतामाथि पुर्नविचार गर्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । अन्य उमेर समूहको जसरी बालबालिकामा संक्रमणको लक्षण नदेखिएपनि संक्रमणको अन्य प्रभावबाट अछुतो हुन नसक्नेबारे अभिभावकलाई सोच्न जोलीले आग्रह गर्नुभएको हो ।

अस्कर पुरस्कार विजेता एन्जेलिनाको उक्त लेख टाइम म्याग्जिनको बिहिबारको संस्करणमा प्रकाशित गरिएको छ । विश्वब्यापी लकडाउनको क्रममा बालबालिका घरेलु हिंसामा पर्न सक्ने जोखिम रहेकोले उच्च हेरचाह गर्नुपर्ने उहाँको तर्क छ । 

तपाईको प्रतिक्रिया