अमेरिकामा एकैदिन २,००० भन्दा बढीको मृत्यु

  चैत २९, २०७६

काठमाडौं, चैत २९ : अमेरिका एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको बिबिसीले जनाएको छ ।

अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ ।

तर ह्वाइट हाउसस्थित कोभिड-१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन् ।

डा. डेबोरा बिर्क्स का त्यो राम्रो सङ्केत भएपनि प्रकोप अझै शिखरमा पुगिनसकेको बताइन् । राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा आकलन गरिएको १००,००० भन्दा कम मानिसको मृत्यु हुने बताएका छन् ।

नयाँ तथ्याङ्क
मेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ ।

इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी जीवन खोसेको छ ।

अध्ययनकर्ताहरूले अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए । मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ ।

तपाईको प्रतिक्रिया