मन्त्री भट्टद्वारा स्थानीय तहलाई स्वास्थ्य सामग्री

  चैत २८, २०७६

काठमाडौं, चैत २८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने अति आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।

कैलाली क्षेत्र नं ४ बाट निर्वाचित मन्त्री भट्टले आफ्नो निर्वाचन क्षेत्रमा रहेका तीन वटा स्थानीय तहमा सो सामग्री आज उपलब्ध गराउनुभएको हो । उहाँका स्वकीय सचिव हितेश ओझामार्फत सो सामग्री वितरण गर्नुभएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले जानकारी दिनुभयो ।

स्वकीय सचिव ओझाले गौरीगङ्गा र गोदावरी नगरपालिका जनप्रतिनिधिलाई सो सामग्री प्रदान गर्नुभयो । कोरोना भाइरसको सम्भावित जोखिमबाट स्थानीय जनतालाई जोगाउन नगरपालिकामार्फत सो सामग्री वितरण गरिएको जनाइएको छ । कैलालीको चुरे गाउँपालिकामा शनिबार वितरण गरिने जनाइएको छ । स्थानीय तहलाई पीपीइ, मास्क, सेनिटाइजर, साबुनलगायतका अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया