क्षमादेवी ग्रुपबाट १० लाख बढी कोरोना कोषमा सहयोग

  चैत २८, २०७६

सिन्धुपाल्चोक, चैत २८ : सिन्धुपाल्चोकका ब्यबसायीद्धारा संचालित क्षमादेवी ग्रुपले सरकारले स्थापना गरेको कोरोना (कोभिड १९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख ११ हजार १११ रुपियाँ सहयोग गरेका छन् ।

क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, जयराम अर्याल, राजेन्द्र बस्नेतलगायतका तर्फबाट उक्त रकम सहयोग गरिएको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई क्षमादेवी ग्रुपका राजकुमार बस्नेतले उक्त रकमको चेक प्रदान गर्नुभएको छ ।

क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले कोरोना भाइरसबाट आपतमा परेकालाई नागरिकको स्वास्थ उपचार गर्न सरकारलाई सघाएको जानकारी दिनुभयो । क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमारले सिन्धुपाल्चोकमा ज्यालादारी मजदुर गरेर खाने एक सय बढीलाई खाद्यन्न र लत्ताकपडा सहयोग गर्नु भएको छ । उहाँ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया