कालोबजारीका आरोपी उद्योगपति अग्रवाल सात दिन हिरासतमा रहने

  चैत २६, २०७६

काठमाडौँ, चैत २६ : स्वास्थ्य सामग्री विक्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगपति शुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासत राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभियुक्त अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो ।

ज्वरो नाप्ने थर्मल गन विक्रीमा कालोबजारी गरेको अभियोगमा अग्रवाललाई मङ्गलबार नक्सालबाट पक्राउ गरिएको थियो ।

यसैबीच, भक्तपुर नगरपालिका –१० कमलविनायकस्थित कार्यकल्प आर्युवेद फर्माबाट गुणस्तरहीन सेनिटाइजर एकसय एमएलको १२६ थान र ६० एमएलको २३ थान बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार फर्माले औषधि ब्यवस्था विभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया