नेपाल औषधि लिमिटेडले सुरु ग-यो स्यानिटाइजर उत्पादन तथा बिक्री

  चैत २६, २०७६

काठमाडौँ, चैत २६ : नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा बिक्री सुरु गरेको छ । नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले यही चैत २ गतेदेखि उत्पादन सुरु भएको जानकारी दिए ।

सरकारी स्वामित्वको रहेको लिमिटेडले एकसय मीलीलिटरको बोतलमा स्यानिटाइजर उत्पादन गर्न थालेको हो। त्यसका साथै सर्वसाधारणले किन्न चाहेमा ग्यालिन वा भाडामा पनि उपलब्ध गराइराखेको छ। ठूलो परिमाणमा चाहिने ग्राहकले बबरमहलस्थित लिमिटेडको कम्पनीमा गएर किन्न सक्नेछन्।

१ सय मिलिलिटरको बोतलको बजार मूल्य एक सय ७५ रुपैयाँ रहेको छ। यसको होलसेल मुल्य १५० रुपैयाँ रहेको छ। खुल्ला रुपमा लान चाहनेले प्रतिलिटर १२५० मा किन्न सक्नेछन्। सर्वसाधारणरुले पनि होलसेलमा किन्न पाउनेछन्। लिमिटेडले यही आइतबारबाट विक्री सुरु गरेको हो।

महाप्रबन्धक बज्राचार्यले विश्व स्वास्थ्य संगठनको मापदण्ड र फर्मुला अनुसारनै लिमिटेडले उत्पादन सुरु गरेको बताउादै स्यानिटाइजर गुणस्तरीय र सस्तो रहेको दाबी गरे। लिमिटेडले औषधि व्यवस्था विभागको स्वीकृति लिएर उत्पादन थालेको हो।

स्यानिटाइजरमा ८० प्रतिशत अल्कोहल र ‘डिस्टिल्ड वाटर’ तथा तथा ग्लिसिरिन मिसाइएर बनाइएको छ।

लकडाउनले गर्दा स्यानिटाइजरका लागि चाहिने बोतल र क्यापका उद्योग बन्द भएकाले केही समस्या भएको बताउाछन् महाप्रबन्धक बज्राचार्य। उनी भन्छन्, ‘उद्योग धेरै जसो बन्द भएकाले यी सामानहरु आउन समय लाग्छ, त्यसैले उत्पादन क्षमता अनुसार कम उत्पादन भइरहेको छ।’

लिमिटेडको दैनिक उत्पादन क्षमता २० हजार रहेको छ। तर, विविध समस्याका कारण हाल दैनिक ५ देखि ६ हजार बोतल स्यानिटाइजर मात्रै उत्पादन भइरहेका छन्।

स्यानिटाइजरका लागि चाहिने कच्चा पदार्थहरु वीरगन्जको चिनी उद्योगबाट ल्याइएको हो।
यी स्यानिटाइजरहरुको दूतावास, अस्पताल, सरकारी कार्यालयबाट माग आउने गरेको छ। बज्राचार्यका अनुसार कोरोना भाइरसको महामारीका बेला बजारमा स्यानिटाइजर अभाव हुन नदिन उत्पादन सुरु गरिएको हो।

भविष्यमा अवस्था हेरेर राज्यलाई आवश्यक छ भने स्यानिटाइजर उत्पादनमा रोक आउँदैन। लिमिटेडमा कम्पनीमा स्यानिटाइजर उत्पादनमा ३० जना कर्मचारी खटिरहेका छन् ।

तपाईको प्रतिक्रिया