काठमाडौं, चैत २६ : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् ।
गत डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ। तीमध्ये ३ लाख १९८ निको भएका छन् ।
अमेरिकामा थप २९ हजार ४१२ संक्रमित भेटिएका छन्। त्यस्तै १ हजार ९४२ को थप ज्यान गएको छ। यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ ।
इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ। स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन् । त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन् ।
सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ ।
महामारी सुरुवात भएको चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । तीमध्ये ५९ जना अन्य देशबाट आएकामा संक्रमण देखिएको हो । यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७१८ पुगेको छ । तर चिनियाँ सञ्चार माध्यम सीजीटीएनले भने ८१ हजार ८०२ रहेको उल्लेख गरेको छ ।
कुन देशमा कति (आँकडा)
अमेरिका
संक्रमित: ३,९६,२२३
मृत्यु: १२,८४४
निको: २१,८४९
स्पेन
संक्रमित: १,४१,९४२
मृत्यु: १४,०४५
निको: ४३,२०८
इटाली
संक्रमित: १,३५,५८६
मृत्यु: १७,१२७
निको: २४,३९२
फ्रान्स
संक्रमित: १,१०,०६५
मृत्यु: १०,३४३
निको: १९,५२३
जर्मनी
संक्रमित: १०७,६६३
मृत्यु: २,०१६
निको: ३६,०८१
चीन
संक्रमित: ८२,७१८
मृत्यु: ३,३३५
निको: ७७,४१०
इरान
संक्रमित: ६२,५८९
मृत्यु: ३,८७२
निको: २७,०३९
बेलायत
संक्रमित: ५५,९४९
मृत्यु: ६,१७१
निको: ३२५
टर्की
संक्रमित: ३४,१०९
मृत्यु: ७२५
निको: १,५८२
स्वीजरल्यान्ड
संक्रमित: २२,२५३
मृत्यु: ८२१
निको: ८,७०४
बेल्जियम
संक्रमित: २२,१९४
मृत्यु: २,०३५
निको: ४,१५७
भारत
संक्रमित: ५,३११
मृत्यु: १५०
निको: ४२१
नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
(स्रोत : जोन्स हप्किन्स विश्वविद्यालय/अन्नपूर्ण पोष्ट्)