कोरोनाबाट ७४ हजार ८०७ को मृत्यु, संक्रमितको संख्या १३ लाख नाघ्यो

  चैत २५, २०७६

काठमाडौं, चैत २५ : विश्वब्यापीरुपमा कोरोनाभाइरसबाट १३ लाख ४७ हजार संक्रमित भएका छन् । अमेरिकामा मात्रै तीन लाख ६८ हजार १९६ मा संक्रमणको पुष्टि भएको छ ।

विश्वब्यापीरुपमा कोरोनाभाइरस संक्रमणको तथ्याङ्क ‘ट्रयाक’ गर्दै आएको अमेरिकाको म्यारिल्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार अमेरिकापछि सबैभन्दा बढी स्पेनमा संक्रमित भएका छन् ।

विश्वविद्यालयको तथ्यांक बमोजिम दुई तिहाई संक्रमित र मृतक अमेरिका र यूरोपमा मात्रै दत्र्ता गरिएको छ।स्पेनमा एक लाख ३६ हजार ६७५ तथा इटालीमा एक लाख ३२ हजार ५४७ जनामा संक्रमणको पुष्टि भएको छ । जर्मनी र फ्रान्समा पनि संक्रमितको संख्या एक लाख नाघेको छ ।

विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट विश्वमा ७४ हजार ८०७ जनाको मृत्यु भएको छ । सोमबार मात्रै पाँच हजारभन्दा बढी जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार फ्रान्स र अमेरिकामा सबैभन्दा बढी मृतक दत्र्ता गरियो ।

इटालीमा हालसम्म सबैभन्दा बढी १६ हजार ५२३ जनाको कोरोना संक्रमणबाट मृत्युको दत्र्ता गरिएको छ । स्पेनमा १३ हजार ३४१ तथा फ्रान्समा आठ हजार ९११ जना संक्रमितको मृत्यु दत्र्ता गरिएको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या करिब दश हजार पुग्दा सबैभन्दा बढी न्युर्योकमा तीन हजार ४८५ जनाको संक्रमितको मृत्यु भएको छ । नेदरल्याण्ड्स, जर्मनी र बेल्जियममा करिब एक हजार आठ सयजनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया