बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्षमा सारियो

  चैत २५, २०७६

काठमाडौं, चैत २५ : कोरोना संक्रमणका कारण एकान्तबास (आइसोलेसनमा) बस्नु भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा संक्रमण खराब हँदै गए पछि उहाँलाई संघन उपचार कक्ष (आईसीयू ) मा राखिएको छ ।

उहाँको उपचारमा संलग्न चिकित्सा टोलीको सल्लाह अनुसार उहाँ आईसीयूमा भर्ना हुनु भएको हो । उहाँले विदेशमन्त्री डोमेनिक राबलाई आवश्यक निर्णय लिने जिम्मेवारी तोक्नु भएको बिबिसीले जनाएको छ । ५५ वर्षीय मोरिसमा कोरोनाको लक्ष्यण देखापरे पछि अस्पताल भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया