बलिऊड गायिका कनिका कपूर ‘डिस्चार्ज’

  चैत २४, २०७६

काठमाडौं, चैत २४ : कोरोनाभाइरस संक्रमणको पुष्टिपछि अस्पतालमा भर्ना भएकि बलिऊड गायिका कनिका कपूर निको हुनुभएको छ । छैठौंपटक गरिएको परीक्षणमा उहाँमा कोभिड–१९ को संक्रमण नदेखिदा उहाँलाई अस्पतालबाट घर पठाइएको छ ।

भारतको उत्तरप्रदेशको राजधानी लखनऊस्थित सञ्जय गान्धी पोष्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्समा उपचारका लागि उहाँलाई भर्ना गरिएको थियो । अस्पतालका निर्देशक डा.आरके धिमनलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले गायिका कपूरमा छैठौं पटक गरिएको परीक्षणमा संक्रमण नदेखिदा अस्पतालबाट डिस्चार्ज गरिएको उल्लेख गरेको छ ।

कनिका कपूरलाई २० मार्चमा अस्पतालमा भर्ना गरिएको थियो । उहाँ मार्च ९ मा बेलायतको लण्डनबाट मुम्बई आउनुभएको थियो । लगत्तै कानपुर र लखनऊ पुगेर उहाँ सामाजिक उत्सवमा सहभागी हुँदा खोकी र ज्वरो आएको थियो । कपूरमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उक्त उत्सवमा सहभागी भारतको राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धराराजे सिन्ध्यासहित दर्जनौं सांसद घरमै क्वारेन्टाइनमा बस्नुपर्यो ।

तपाईको प्रतिक्रिया