निजी क्षेत्रका स्वास्थ्यकर्मीलाई पनि सरकारी अस्पतालमा सेवा गर्न दिइने

  चैत २४, २०७६

काठमाडौं, चैत २४ : सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । ती स्वयं सेविकाहरुलाई क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ ।

त्यसैगरी, निजी क्षेत्रमा रहेका स्वास्थ्यकमीहरुले सरकारी अस्पतालहरुमा आएर सेवा दिन चाहेमा तहगत मिलान गरी सरकारी स्वास्थ्यकर्मीहरुले पाउने सेवा सुविधा उपलब्ध गराउने गरी अवसर दिने निर्णय आजको मन्त्रिपरिषदबाट भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेनलमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो साथै, निजी अस्पतालमा रहेर पनि कोरोनासँग सम्बन्धित उपचार गरेमा उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई सरकारी सेवा सुविधा प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

तपाईको प्रतिक्रिया