दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट २० मा

  चैत २४, २०७६

काठमाडौँ, चैत २४ : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आइतबार प्रशारण भएको शृङखलाबाट उहाँले उत्कृष्ठ २० मा सुरक्षित स्थान बनाउनुभएको हो ।

बब मार्ली इज दिस लभ बोलको गीतले निर्णायक मण्डलहरुको मन जित्न सफल हुनुभएको थियो ।हजारौं दर्शकको उपस्थितिमा उहाँले आफ्नो धमकादार प्रस्तुति दिनुभएको थियो । प्रस्तुती हेर्न उहाँको परिवार पनि उपस्थित थियो ।

‘अर्थर गन’को नामबाट परिचित पोखरेलले हरेक प्रस्तुतिमा जजबाट प्रशंसा तथा ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । टप २० छान्नको लागि निर्णायकलाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको बताएका छन् । पोखरेललाई छान्दै गर्दा निर्णायक मण्डलले भन्नुएको थियो, ‘तिमी उदाउँदो तारा हौ ।’

आफू टप २० मा परेकोमा दिवेश निकै खुसी भएको सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । आफ्नो सपनाहरु झन् नजिक हुँदै गएको उहाँले लेख्नुभएको छ । आफूलाई उत्कृष्ट २० मा छान्नुभएकोमा निर्णायक मण्डल तथा आफ्ना फ्यानहरुलाई धन्यवाद दिनुभएको छ ।

निर्णायक मध्येका लियोनल रिचीले पोखरेललाई उत्कृष्ट २० मा पुगेको निर्णय सुनाउनुअघि निकै प्रशंसा गर्नुभएको थियो भने उहाँका अनुसार दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको र सो प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगी हुन् ।

काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएको थियो । उहाँले विश्वभरका युवालाई आफ्नो सपना पछ्याउन प्रेरित गर्नु आफ्नो लक्ष्य रहेको बताएका छन् । अहिले भने केही समयका लागि कोरोना भाइरसका कारण अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण रोकेको छ ।

पोखरेललाई अबको यात्राको लागि प्रस्तुतीसँगै सामाजिक संजालमा फलोअरको संख्या पनि चाहिने भएको कारण अमेरिकन आइडलले एउटा फेसबुक पेज दिएको छ । यो पेजमा फलोअरको संख्याले उहाँलाई केही अंक प्राप्त हुनेछ र अर्को चरणसम्म पुग्न सहयोग पुग्नेछ । पोखरेलले आफ्नो फेसबुकमार्फत् पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाईलाई लाइक र शेयर गर्न अनुरोध समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया