भारत र तेस्रो मुलुकबाट आएका जुम्लाका २५३ जनाको स्वाब संकलन गरिँदै

  चैत २४, २०७६

खलङ्गा चैत २४ : नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ति शिविर मार्फत स्वाब संकलन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जिल्लाका ३ स्थानमा स्वाब संकलन गरिने भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रबाट आउने कोभिड १९ क्राईसिस व्यवस्थापन टोली हेलिकोप्टरमा आएर एकै दिन जुम्लाका दुई सय ५३ जना भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिको स्वाब संकलन गरिनेछ ।

जिल्लाका तीन स्थानमा संकलन गरिने
२०७६ चैत २५ गते चन्दननाथ नगरपालिका सहित तातोपानी, तिला, गुठिचौर गाउँपालिका नागरिकको जुम्ला बिमानस्थलमा, सिञ्जा क्षेत्रको वडा नं १ देवारगाउँ ज्यूलो र कनकासुन्दरीको लासीपाटनमा हेलिकोप्टर बसेर स्वाव संकलन गरिने भएकाले जानकारी गरिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकाका २८ जना, पातारासी गाउँपालिका २९ जना, गुठिचौर गाउँपालिका २२ जना, तातोपानी गाउँपालिका १३ जना र तिला गाउँपालिकाका १७ जनाको जुम्ला बिमानस्थलमा हवाई मार्गबाट आउने टोलीले स्वाव संकलन गर्ने भएको छ । यसैगरी सिञ्जा गाउँपालिकाका ५२ जना, कनकासुन्दरी गाउँपालिकाका ४७ जना र हिमा गाउँपालिकाका ४५ जना अनिवार्य उपस्थित हुन निर्देशनात्मक सूचना जारी गरेको छ ।

तोकिएको स्थानमा चैत ११ गते देखी हाल सम्म भारत र तेस्रो मुलुकबाट आएका स्थानीय तहको तथ्यांक अनुसारका व्यक्तिलाई उपस्थित हुन भनिएको छ ।

यसैगरी सोमबार प्रमुख जिल्ला अधिकारी बञ्जाडेको अध्यक्षता र कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको प्रमुख आथित्यतामा जिल्ला विपत व्यवस्थापन समितिको वैठकले स्वाब संकलन गर्ने स्थान सम्म स्थानीय तहले गाडि व्यवस्थापन गरि पुरयाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकारश देवकोटाले जानकारी दिनुभयो । यसैगरी विपत व्यवस्थापन समितिले अहिले सम्म जिल्लामा भर्ईरहेका तयारी र अव गर्नुपर्ने बिषयमा योजना बनाई बढ्ने भएको छ । क्वारेन्टाईनको मापन, स्वास्थ्य सामग्री उपलब्धता र लकडाउनलाई थप प्रभावकारी गर्ने भएको हो । वडा स्तरसम्म पनि लकडाउन गर्ने कि भन्ने भईरहेको देवकोटाले थप्नुभयो ।

रोगथामका काममा स्थानीय सरकारले आवश्यकता परेमा विकास बजेट रकमान्तर गर्ने देखी लकडाउनलाई थप प्रथामिकता दिने बिषयमा वैककमा छलफल भएको हो । यसैगरी भारत र वाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्न लगाउने र अनिवार्य स्वाब संकलन गर्ने भएको छ । वैठकमा मन्त्री भण्डारीले सुरक्षा अपनाएर तयारी थाल्न स्थानीय सरकारलाई सूझाव दिनुभयो । उहाँले बिपतमा सवै साधन र स्रोत राज्यको हुने भन्दै प्रयोग गर्न समितिलाई निर्देशन गर्नुभयो । अवस्था खराब आउन नदिऔ, खराब भईहालेमा व्यक्तिक स्वतन्त्रता समेत हनन हुने गरी काम गर्नुपर्ने सोचमा सवै लाग्नुपर्ने उहाँले जोड दिनुभयो ।

तत्काल रोक्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष बरमबहादुर महतले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई समेत आधारभुत स्वास्थ्य सामग्री तयार गर्न सूझाब दिनुभयो । यसैगरी कोरोनाका बिरामीका लागि भने कर्णाली प्रतिष्ठानको एम्वुलेन्स तयारी अवस्थामा राखिने रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । उहाँले आवश्यकता परे १२० आईसुलेसन बेड २ सय बनाउन सकिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया