साउदीमा चार नेपालीमा कोरोना संक्रमण, हेलचक्रयाँई नगर्न दूतावासको अनुरोध

  चैत २४, २०७६

काठमाडौं, चैत २४ : साउदीमा ४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भएको पुष्टी साउदी स्वास्थ्य मन्त्रालले जानकारी दिएको साउदी स्थित नेपाली राजदूतावासले बताएको छ । दूतावासले साउदीमा रहेका नेपालीहरुलाई संक्रमण सम्बन्धी सुरक्षाका सबै उपायलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचक्र्याई नगर्न अनुरोध गरेको छ ।

अप्रिल ५ हिजो आइतवार सम्म साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुईहजार ३८५ पुगेको छ । गएको करीब ४८ घण्टाको अवधिमा ३४६ जना भन्दा बढीमा संक्रमण भएको छ । राजधानी रियादमा मात्र हिजो ६६ जनामा संक्रमण भएको उल्लेख छ । कूल संक्रमित मध्ये हालसम्म ४८८ जना निको भएका छन् । हिजो पाँच जना संक्रमितहरुको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा रहेको एवं नेपाली नागरिकहरुमा पनि संक्रमण भएकोले यो महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ । कतिपय नेपालीले कोरोना भाइरसको संक्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनु परेको गुनासो गरी टेलिफोन एवं पोष्टहरु दूतावासमा जानकारीमा आएको बताइएको छ ।

धेरै कम्पनीहरुले आफ्ना कम्पनीमा अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएको दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया