नेपाली रोटरियनबाट कोरोनाविरुद्ध एक करोड सहयोग

  चैत २२, २०७६

काठमाडौं, चैत २२ : नेपाली रोटरियनहरुले कोरोनाविरुद्धको कार्यक्रमका लागि नेपाल सरकारलाई एक करोड सहयोग गर्ने भएका छन् । स्थानीय सरकार तथा अस्पतालसँग सहकार्य गरी सम्भव भएसम्म आवश्यक सामान पनि उपलब्ध गराइने प्रतिबद्धता रोटरी इण्टरनेशनल गभर्नर डिष्ट्रिक ३२९२ किरणलाल श्रेष्ठले गर्नुभएको छ ।

नेपालका विभिन्न स्थानमा रहेका १२४ क्लबका रोटरियनहरुले स्थानीयस्तरमा मास्क, खाद्यान्न, पिपिई, स्यानिटाइजर र कीटनाशक औषधि वितरण एवं सार्वजनिकस्थलमा हात धुने स्थान निर्माण तथा स्थानीय सरकारसँग मिलेर आइसोलेशन वार्ड र कोरोना सूचना केन्द्र निर्माण गरिरहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया