कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

  चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको छ ।

शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा कुवेतमा एक नेपालीसहित ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिइयो । कुवेतमा संक्रमितको भने संख्या ४१७ छ ।

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बच्‍नका लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।

तपाईको प्रतिक्रिया