कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ५३ हजारको मृत्यु

  चैत २१, २०७६

काठमाडौं, चैत २१ : विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० लाख १५ हजार ७ सय २८ पुगेको छ । त्यस्तै ५३ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै २ लाख ४५ हजार ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित भएका छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ पुगेको छ ।

मृतकको संख्या भने इटलीमा धेरै छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । स्पेनमा १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा ६ हजार ७५ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ६ सय २० संक्रमित रहेकामा ३ हजार ३ सय २२ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया