कोरोनको त्राससँगै गाउँमा कामको चटारो

  चैत १९, २०७६

सिमकोट चैत १९ : लकडाउनले गर्दा काम गर्न नपाएका ज्यालादारी कामदारहहरुले कोरोना संक्रमण नभित्रिउन काम त पछि गरौला भन्न थाल्नु भएको छ । कोरोना भित्रिए ज्यानै के हुने हो भन्ने भन्दै काम भन्दा अहिले कोरोनाबाट जोजिगु उपयुक्त भएको बताउनु भएको हो ।

आठ बर्षदेखि सिमकोट बिमान स्थलमा भरियाको काम गर्दै आउनु भएकी सिमकोट गाउँपालिका वडा नम्बर ७ की बाँच नेपालीले बन्दाबन्दीको कारण एक हप्तायता केही पनि कमाई हुन नसके पछि कोरोना संक्रमण नभित्रिए काम त पछि गरौला भनेर बताउनुभयो । बिश्वमा बानिसहरु दैनिक रुपमा कोरोनाकै कारण मरि रहेको बेला हामीले काम मात्र ठुलो सम्झनु नहुने बताउउदै नेपालीले काम गर्न नपाएपछि दैनिक भान्सा चलाउन भने कठिन भएको बताउनुभयो ।

तरपनि उहाँले कोरोना संक्रमणबाट बच्न सके पछि काम गरेर भएपनि ऋण तिर्न सकिने बताउनुभयो । उहाँ जस्तै असी जना अधिकाँस महिला कामदारहरु सिमकोट बिमान स्थलमा भरियाको काम गर्दै आउनु भएको गोरखापत्र अनलाइनमा उल्लेख छ । अहिलेको बन्दाबन्दी कारण हवाई यातायात सुचारु नहुदा सबै बेरोजगार बन्नु भएको छ । उहाँहरु सबैमा काम नपाएको पिडाका साथै कोरोना संक्रमणबाट कसरी बच्ने पिरलो पनि उस्तै रहेको देखिन्छ ।

सरकारले मजदुरहरुलाई अहिलेको महामारीले गर्दा बन्दाबन्दीमा बस्नु परेको कारण राहत स्वरुप सहयोग गर्ने घोषणा गरेपनि हुम्लाका कुनै पनि गाउँपालिकाहरु उनीहरुको लगत संकलन कार्य सुरु गरेका छैनन् । मजदुरको लगत संकलन गर्ने कार्य गाउँपालिकाको भएको बताउदै प्रमुख जिल्ला अधिकारी तर गाउँपालिकाले त्यो लगत संकलन नगरेको कारण राहत पाउनहरुको एकिन बिबरण तय नभएको बताउनु भयो ।

हालसम्म गाउँपालिकाले ज्याला मजदुरी काम गर्नेको लगत संकलन नगरेको कारण पून परिपत्र गर्ने तयारीमा जिल्ला प्रशासन कार्यालय रहेको छ । तर गाउँपालिकाहरले पनि मजदुरहरुको बिबतरण संकलनका लागि कुनै जानकारी नै नआएको जनाउनु भएको छ । हुम्लामा मजदुरीमा काम गर्नेहरुहरुमा मुख्य गरि खच्चड तथा गदामा भारी बोकाउनेहरु, बिकासे तथा नीजि काममा काम गर्नेहरु र दाउरा बोकेर बेच्नेहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया