भारतीय गायिका कनिका कपूरमा पाँचौं परीक्षणमा पनि संक्रमण पोजेटिभ

  चैत १९, २०७६

काठमाडौं, चैत १९ : कोभिड–१९ बाट संक्रमित भारतीय गायिका कनिका कपूरमा पाँचौं पटकको परीक्षणमा पनि संक्रमण कायम रहेको पुष्टि भएको छ । उहाँ पछिल्लो एघार दिनदेखि अस्पतालमा आइसोलेशनमा हुनुहुन्छ ।

गायिका कपूर भर्ना गरिएको लखनऊस्थित पीजीआई अस्पतालका निर्देशक आर के धिमानले स्वास्थ्यमा सुधार देखिएपनि अझै संक्रमण रहेको बताएको गोरखापत्र अनलाइनमा उल्लेख छ । गम्भीर लक्षण नदेखिएको र उहाँको स्वास्थ्य निरन्तर सुधारोन्मुख रहेको निर्देशक धिमानले बताउनुभयो ।

मार्च दोस्रो साता बेलायतको लण्डनबाट महाराष्ट्रको मुम्बई पुग्नुभएकि गायिका कपूर तेस्रो दिन उत्तरप्रदेशको लखनऊ पुगेर सामाजिक उत्सवमा सहभागी हुनुभयो । गायिका कपूर लखनऊमा राजस्थानका पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्ध्या, उहाँका छोरा र अन्य सांसदको सम्पर्कमा आउँदा करिब ९६ जना महत्वपूर्ण व्यक्ति सेल्फ क्वारेन्टाइनमा बस्नुपर्यो ।

तपाईको प्रतिक्रिया