चिया टिपाइ र कारखाना संचालनका लागि पहल थालियो

  चैत १८, २०७६

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), चैत १८

लामो समयको लकडाउनका कारण किसान बगान पस्न नपाएर चिया बगानमै हुर्कन थालेपछि चियाको टिपाई र कारखाना संचालनका लागि पहल थालिएको छ ।

टिप्न नपाए पछि इलामका चिया बगानमा ‘फस्ट फ्लस’ (पहिलो टिपाईको चिया) बगानमानै हुर्की रहेको अवस्थामा प्रदेश १ सरकार र स्थानीय तहले जोखीम रहित अवस्थामा चिया बगान र कारखाना संचालनका लागि पहल थालेका हुँन् ।

इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि कोरोना संक्रमण पछि गरिएको लकडाउनका कारण चिया टिपाइ हुन सेकेको छैन । सिजनको चिया बगानमै हुर्कीए पछि उद्योगी ब्यवसायीले समेत चिया क्षेत्रमा जोखीम कम गरेर बगान र काखाना संचालन गर्ने बातावरण बनाउन स्थानीय सरकार संग माग गर्दै आएका थिए ।

चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले किसानको बर्ष भरीको मेहनत खेर जाने भएकाले चिया बगान र कारखाना संचालनका लागि पहल थालीएको जानकारी दिनु भयो । प्रमुख राईले थोरै कामदारले सम्बन्धीत निकायको निगरानीमा बसेर चिया टिप्ने बातावरण निर्माण गर्न चिया उद्योगी र किसान संग परामर्श भैरहेको जानकारी दिनु भयो ।

नगर प्रमुख राईले भन्नु भयो ‘चिया बोटमै खेर जाने अवस्था आईसकेकाले हामी चाडै निर्णय गरेर सहज वातावरण बनाउछौ ।’उहाले राष्ट्रिय चिया तथा कफि बिकास बार्ड संग समेछ छलफल भैरहेको जानकारी दिनु भयो ।

सिजनको पहिलो चिया टिपाइ सक्ने बेला भए पनि घरबाट बाहिर निस्कन नपाउने भएपछि चिया बगानमै हुर्की रहेको हो । चिया टिपाई नभए पछि इलामका चिया कारखानाले प्रशोधन समेत गर्न पाएका छैनन् । मुख्य आम्दानीका रुपमा चिया खेती गर्दै आएका किसानलाई चिया टिप्न नपाए पछि समस्या भएको छ भने चिया बगानमा ज्याला मजदुरी गर्ने सयौ मजदुरलाई हातमुख जोर्न समस्या पर्न थालेको छ । सिजनमा चिया पसोधन गर्न नपाउदा कारखाना पनि उत्तीकै समस्यामा छन् ।

इलामको देउमाई नगरपालिकाले कारखाना र बगानले तोकेका थोरै ब्यक्ति सुरक्षित रुपमा गएर चिया टिप्ने र कारखाना सम्म लैजाने ब्यवस्था गरेको छ । नगरले चिया बगानमै खेर जान थाले पछि कोरोनाको जोखीम न्यूनीकरणका लागि उच्च सचेतता अपनाउदै निश्चित ब्यक्तिको माध्यमबाट चिया बगान र कारखाना संचालनमा ल्याएको देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘कोरोना बाट बच्नका लागि सबै उपाय अपनाएर केहि कामदारको जिम्मामा बगान र कारखाना संचालन गर्नु पर्ने बाध्यता छ ।’


प्रदेश १ का भूमी ब्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री राम बहादुर रानाले प्रदेश सरकार मार्फत संघीय सरकार संग पहल गरे चिया टिप्ने वातावरण बनाउन पहल थालेको जानकारी दिनु भयो । राज्य मन्त्री रानाले सिजनको चिया खेर जादा सिंगो कृषि क्षेत्र र अर्थतन्त्रमानै समस्या पर्ने भएकाले सुरक्षित रुपमा चिया टिप्ने वातावरण बनाउन आफुले प्रदेश सरकार मार्फत पहल थालेको जानकारी दिनु भयो । ‘एकै दिन मात्र पनि ढिलो गर्दा चियाको मुना खेर जाने भएकाले हामी संवेदनसिल भएका छौ, सुरक्षा अपनाएर चिया खेर जान दिनु हुन्न ’मन्त्री रानाले भन्नु भयो । मन्त्री रानाले भिडभाड जम्मा नहुँने गरी प्रदेश , स्थानीय सरकार , उद्योगको निगरानीमा बिकल्प खोजीने जानकारी दिनु भयो ।


स्थानीय तह र उद्योगीको पहलमा माक्स , सेनीटाईजर , पंजा , पीपीई प्रयोग गरी दुरी कायम गरेर थोरै मजदुरबाट चिया टिपाई गर्ने र सोही तरिकाले उक्त चिया निश्चित सवारी साधनको प्रयोग गरी कारखाना सम्म लैजाने जनाईएको छ । चिया उद्योगीले समेत कोरानाको महामारीको बेला चिया कारखाना संचालन गर्ने रहर नभए पनि किसान उद्योगी र देशकै हित सम्झेर सोच्ने बेला आएको बताएका छन् ।


सिजनको शुरुको अर्थात फस्ट फलसको चियाको मूल्य कारखानाले समेत उच्च लगाउने गरेका छन । कारखानाले उत्पादन गरेको फस्ट फलसको चिया बिश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । चियाको पहिलो टिपाइ सुरु भए सँगै गत वर्ष इलामका चिया कारखानले कृषकलाई हरियो चिया पत्तिको मूल्य ६० देखि १०० रुपियाँ प्रति किलो ग्राम सम्म र अर्गानिक हरियो पत्तिको मूल्य १५० सम्म निर्धारण गरेका थिए । यस पटक प्रसोधन कारखानानै अन्योलमा छन ।

इलाममा पाँच हजार पाँच सय ८२ साना किसान ६० दशमलब ६ प्रतिशत चियामा आश्रीत रहेका छन् । इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा भइरहेको चियाखेतीबाट वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको छ ।


जिल्लाको सूर्योदय नगरपालिका ,इलाम नगरपालिका , माइ नगरपालिका देउमाई नगरपालिका, माईजोगमाई गाउँपालिका , रोङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा चिया खेती बिस्तार भएको छ । झापामा पनि लकडाउनका कारण चिया बगानमै खेर जाने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया