नेपाल-भारत सीमा नखुल्ने, दुवैतिर अलपत्र परेकालाई खानेबस्‍ने व्यवस्था मिलाइने

  चैत १८, २०७६

काठमाडौं, चैत १८ : सरकारले सीमानाका नखोल्‍ने निर्णय गरेको छ । भारतीय सीमा अड्किएका नेपालीलाई भारत सरकारले र नेपालमा अड्किएका भारतीयहरुलाई नेपाल सरकारले खानालगायतका अन्य आवश्‍यक व्यवस्था गर्ने निर्णय भएको हो ।

सरकारले कूटनीतिक पहल गरेर प्रधानमन्त्रीस्तरबाट यो निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

नेपाल छिर्न नपाएर भारतीय सीमामा अड्किएका नेपालीहरुलाई सीमानामै राख्‍ने र उनीहरुलाई खानाको व्यवस्था भारत सरकारले गर्ने गरी व्यवस्था मिलाइएको भट्टराईले बताए। यस्‍तै नेपालमा अलपत्र परेका भारतीय नागरिकहरुको व्यवस्थापन र उनीहरुलाई खानाको नेपाल सरकारले गर्ने निर्णय भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया