खाद्य उद्योगमा आगलागी, करिव २ करोड क्षति

  चैत १८, २०७६

चितवन, चैत १८ : भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव २ करोड बराबरको क्षति भएको छ ।

आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए ।

तपाईको प्रतिक्रिया