चितुवाको आक्रमणबाट वृद्धा महिला घाईते

  चैत १८, २०७६

तनहुँ, चैत १८ : मङ्गलबार विहान चितुवाको आक्रमणबाट तनहुँमा एक महिला सख्त घाईते हुनु भएको छ । व्यास नगरपालिका–१० परेवाडाँडाकी ६५ वर्षिया रविना थापालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

विहान ६ बजे घर नजिकैको गहुँ बारीमा काम गर्न जाँदा चितुवाले आक्रमण गरी घाईते बनाएको उहाँले बताउनुभयो । घाईते वृद्धाको दमौली अस्पतालमा उपचार भईरहेको छ । चितुवाको आक्रमणबाट टाउको र हातमा गहिरो चोट लागेको अस्पतालकी स्टाफ नर्स सुशिला खनालले जानकारी दिनुभयो । हारगुहार गरेपछि चितुवा भागेको स्थानीय प्रत्यक्षदर्शी चिजा सापकोटाले जानकारी दिनुभयो ।

तनहुँमा दुई वर्षको अवधिमा चितुवाको आक्रमणमा परि नौ जना बालबालिकाको मृत्यु भईसकेको छ । चितुवाकै आक्रमणमा परी पाँच जना बालबालिका घाईते भएका छन् । चितुवाले यसअघि बालबालिकालाई घाईते बनाउँदै आएकोमा मङ्गलबार भने वृद्धा महिला माथि पनि आक्रमण गरेको छ । वस्तीमा आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएको व्यास नगरपालिका–१० दुम्सीका स्थानीय सञ्चारकर्मी श्रीकृष्ण आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया