सरकारको कदमको परिसङ्घद्वारा स्वागत

  चैत १७, २०७६

काठमाडौँ, १७ चैत : नेपाल उद्योग परिसङ्घले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

“विभिन्न समयमा परिसङ्घले उठाउँदै आएका विभिन्न विषयलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ”, परिसङ्घले भनेको छ ।

सरकारले गरिब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसङ्घले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसङ्घले विश्वास लिएको छ । नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया