बालबालिकासहित एक सय तीस जना हुम्लीबासीको उद्धार

  चैत १७, २०७६

सिमकोट, चैत १७ : कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न देशभर लकडाउन चलि रहेका बेला कर्णाली प्रदेश सरकारले नेपालगंजबाट बालबालिका र महिला सहित एक सय तीस जना हुम्लाबासीको उद्धार गरेको छ । लकडाउन कै कारण हवाई सेवा बन्द हुँदा ८० जना बालबालिका सहित अन्य हुम्लाबासी नेपालगंजमा रोकिएको अवस्थामा प्रदेश सरकारले गाडीबाट मुगु पुर्याउने व्यवस्था गरेको हो ।


नेपालगंजको गर्मी र कोरना भाइरसको त्रासमा बस्नु भन्दा जिल्लामा जानका लागि निक्कै रोइ कराई गरेपछि कर्णाली प्रदेश सरकारले तीन वटा गाडीको व्यवस्था गरि मुगुसम्म उद्धारको व्यवस्था गरेको गाडीमा मुगुतर्फ आउदैँ गरेका सिमकोट गाउँपालिका वडा नम्बर ८ का रतन बुढाले बताउनुभयो । गाडीमा चालीस जना बालबालिका र बाँकी अरु हुम्लाबासी रहनु भएको छ ।

उद्धार गरिएकाहरु सोमबार रातीसम्म मुगुको गमगडी पुग्ने र त्यसपछि पैदल हुम्लामा आउने छन् । बालबालिकाहरुको भने चैत ११ गते हुम्ला आउनका लागि नीजि एयरलाईन्सहरुमा टिकट थियो । लकडाउनले हवाई यातायात बन्द भएपछि उनीहरु उतै रोकिएका थिए । लकडाउनका बेला उद्धार गरिएकोहरुमा हुम्ला जिल्लाका सबै गाउँपालिकाका बासिन्दाहरु रहेका छन् । भने हिड्न नसक्ने सानासाना बालबालिकाहरु नेपालगंजमै बस्नु भएको छ ।

नेपालगंजबाट सुर्खेतमा ल्याएर बसाल्ने प्रयास गर्दा यात्रुहरुले नमानेपछि मुगुसम्म.गाडीमा पठाइएको कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री दल बहादुर रावतले बताउनु भयो । हुम्ला उद्धारका लागि हवाई जहाजको प्रयास पनि प्रदेश सरकारले गर्न खोजेपनि त्यो प्रयास सफल हुन नसकेपछि गाडीको ब्यबस्था गरेको हो । मन्त्री रावलले नेपालगंजबाट उद्धार गरिएका सबैलाई सुर्खेतको क्यारेन्टाइनमा राख्ने प्रयास पनि गर्नु भएको थियो तर हुम्लाबासीले हामीलाई केही भएको छैन , जसरी नै चाँडै जिल्लामा जाने अड्डी लिएपछि उनीहरु सबै मुगुका लागि अगाडी बढेका हुन् ।

बाटोमा ठाउँठाउँमा चेकजाँच

नेपालगंजबाट उद्धार गरिएका सबै यात्रुहरुको बाटोमा स्थापना गरिएका हेल्थ डेक्समा कडा निगरानी सहित चेकजाँच पनि गरिएको छ । नेपालगंजबाट दैलेख प्रबेश गर्दासम्म आधा दर्जन स्थानमा चेकजाँच गरिएको उद्धार गरिएको यात्रु हरिभक्त बाहीले बताउनुभयो ।

हुम्ला आएपछि के हुदैछ ?

काठामाडौंबाट पढाई बन्द हुदा बिदामा आएका बिधार्थी, चिसो छल्न गएका हुम्ली र अन्य काम बिशेषले जिल्ला बाहिर रहेका मात्र होइन भारतबाट फर्केर आएकाहरु प्नि संगै उद्धार गरिएको कारण उनीहरुलाई क्यारेनटाइनमा बस्ने ब्यबस्थाका लागि तयराी भै रहेको जिल्ला उद्धार समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनुभयो । सदरमुकाम सिमकोटमा करेन्टाइन तयारी अबस्थामा रहेकोले बस्न कठिन हुने छैन् ।

सर्केगार्ड र चंखेली गाउँपालिकाका बासिन्दाहरुका लागि भने गाउँपालिकालाई क्वारेन्टाइनको जिम्मा लागउने तयारी भै रहेको छ । उद्धार गरि आएका सबै यात्रुहरु क्वारेन्टाइनमा बस्न राजी भएकोले जति सक्दो चाँडो हुम्ला पुग्ने बाताबरण तयारी गर्न प्रदेश सरकारलाई यात्रु हर्कसिंह भण्डारीले आग्रह गर्नु भएको छ । आफु चिकीत्सक समेत रहनु भएका भण्डारीले क्वारेन्टाइन ब्यबस्थाका लागि दुई लाग सहयोग गर्ने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया