सरकारले ल्यायो राहत प्याकेज : विद्युत महसुल र खाद्यान्नमा छुट

  चैत १६, २०७६

काठमाडौ, चैत १६ : सरकारले कोरोना भाइरस लक डाउनबाट परेको प्रभाव कम गर्न विद्युत, फोन, इन्टरनेट महशुलमा छुट लगायतका निर्णय गरेको छ ।

आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनुभयो ।

सो अनुसार फागुन र चैत महिनाको १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई महसुलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

त्यस्तै श्रमिक तथा दैनिक ज्याला मजदूरी गरी खानेका लागि दैनिक गुजार चल्ने गरी स्थानीय तहसँग समन्वय गरी राहत उपलब्ध गराउने निर्णय समेत सरकारले गरेकाे छ । 

तपाईको प्रतिक्रिया