स्वास्थ्य मन्त्रालयले भन्यो- भ्रममा नपराैं, उत्पादकसँग छलफल गरी चिकित्सा सामग्री ल्याइँदैछ

  चैत १६, २०७६

काठमाडौं, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरानाको संक्रमण रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय सुरुदेखि नै क्रियाशील रहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी पी.पी.ई. लगायतका सामानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक-वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक पटक टेण्डर आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरकबाट टेण्डर पेश नभएको स्पष्ट गरेको छ ।

साथै विभागले पुनः उत्पादक-वितरकहरुसँग सामूहिक रुपमा सार्वजनिक सम्वाद गरि छिटो छरितो रुपमा सामाग्री ल्याउने गरि सम्झौता भई उक्त सामाग्रीहरु नेपाल आउने क्रममा रहेको जनाएको छ
यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधिनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरिद गरेको यथार्थलाई लुकाई आफुखुशी समाचार र स्टाटसहरु प्रकाशित÷पोष्ट भइरहेको परिप्रेक्षमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सृजना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामाग्री प्रकाशित नगर्न र यथार्थ सामाग्रीहरु मात्र प्रचार÷प्रसार गर्न सबैमा अनुरोध गरेको छ ।

विज्ञप्तिमा संसारभरी नै रोकथामका उपायहरु खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र संलग्न कर्मचारीहरुको मनोबल उच्च बनाउन र आम जनताहरुलाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन यस मन्त्रालय हार्दिक अनुरोध गर्दै समस्त सञ्चार माध्यमहरुबाट सहयोग र सहकार्यको अपेक्षा समेत गर्दछ ।

तपाईको प्रतिक्रिया