भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जना संक्रमित

  चैत १६, २०७६

काठमाडौं, चैत १६ : भारतको बिहार राज्यमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि बिहारमा मात्र पाँचजनामा कोभिड–१९ संक्रमितको पुष्टि भएको थियो । बिहारको स्वास्थ्य विभागले आइतबार पत्रकार सम्मेलन गरी कोभिड–१९ संक्रमितबारे जानकारी गराएको हो ।

स्वास्थ्य विभागका अनुसार बिहारको राजधानी पटनामा मात्रै पाँचजना नयाँ संक्रमित थपिएका छन् । नालन्दा, सिवान र लखिसरायमा एक एकजना संक्रमितको पुष्टि भएको छ । भारतको बिहार, उत्तरप्रदेश र बंगालको सीमा नेपाली भूभागसँग जोडिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या ९७९ दत्र्ता गरिएको छ । जसमध्ये ४८ जना विदेशी छन् । भारतमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया