कोषलाई उद्योग वाणिज्य महासंघबाट १ करोड सहयोग

  चैत १६, २०७६

काठमाडौं, चैत १६ : नेपाल उद्योग वाणिज्य महासघले कोरोना साहायता केन्द्रीय राहत कोषमा ५० लाख नगद र ५० लाख बराबरको सहयोगा सामग्री बुझाउँदैछ ।

सिंहदरबारमा पुगेर महासघको टोलीले सहयोग हस्तान्तरण गर्न लागेको हो । टोलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ५० लाखको चेक अहिले हस्तान्तरण गर्नेछ ।

मास्क, स्यानिटाइजर, पन्जा खाद्यान्न दाल चामल लगायतका खादान्न पनि हस्तान्तरण गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

तपाईको प्रतिक्रिया