कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

  चैत १६, २०७६

काठमाडौं, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई हिजो राति साढे ८ बजेतिर बाग्लुङ जिल्ला अस्पतालमा भर्ना गरेको छ ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीमा बाग्लुङस्थित घर पुगेको भोलिपल्टबाट हल्का ज्वरो देखिएको थियो। ज्वरो घटेको दुई दिनपछि फेरी उनलाई ज्वरो देखिएपछि परिवार सर्तक बनेको थियो ।

युवतीका बाबुले कान्तिपुरसँगको कुराकानीमा अहिले पनि छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमै क्वारेनटाइनमा राखिएको बताए। उनले भने, ‘ज्वरो पनि देखिएको छैन, अरु अप्ठ्यारो पनि देखिन्‍न ।’

तपाईको प्रतिक्रिया