चैते दशैँमा बलि नदिइने

  चैत १६, २०७६

काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड–१९)विरुद्ध मुुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैँमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ ।

अड्डा प्रमुख अरुणा नकर्मीका अनुसार अब दशैँमा देवीको पूजा मात्र हुनेछ । यस्तो बलि यसअघि कहिल्यै नरोकिएको जनाइएको छ । गुठी संस्थानले चैत महिनामा हुने सपनतीर्थ मेला, हाँडीगाउँको गहना खोज्ने जात्रा, हरिसिद्धि, ठैव, ठेचो, सुनाकोठी, फर्पिङ, सतुङ्गल, पुरानो नैकाप, स्युचाटार लगायतका उपत्यकाका जात्रामा सरकारको निर्देशन पालना गर्न निर्देशन दिइसकेको छ ।

रकमी, पुजारी, गुठियार, झाडुबढारू, बानादार (बाजा बजाउने) कुश्ले लगायतका रकमी कर्मचारीलाई भाइरसप्रति सजग रहन र आपत् पर्दा समाजमा सहयोग पु¥याउन निर्देशनसमेत दिएको छ ।

तपाईको प्रतिक्रिया