मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार

  चैत १५, २०७६

ठिनी, १५ चैत : कोभिड–१९ को सङ्क्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङ्गमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ ।

मुस्ताङ्गका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो । पर्यटकलाई काठमाडौँ पु¥याउन दुई बसको व्यवस्था मिलाएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय जोमसोमका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिनुभयो ।

ती पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले तथ्याङ्क सङ्कलका साथै स्वास्थ परीक्षण गरेर काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । उद्धार गरिएका पर्यटक अष्टेलिया, क्यानडा, चीन, फिनल्यान्ड, जर्मनी, इटाली, नेदरल्यान्ड, पोल्यान्ड, युके, अमेरिमका, फ्रान्स, स्वीडेन, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, भारत र बेल्जियमका रहेका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मुस्ताङ्गबाट पठाइएका पर्यटकलाई नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित दूतातासलाई जिम्मा लगाइने उहाँले बताउनुभयो । यसअघि मुस्ताङबाट विभिन्न मुलुकका एक सय २१ विदेशी पर्यटकलाई काठमाडौँ पठाइएको थियो ।

तपाईको प्रतिक्रिया