काभ्रेमा २१६ क्वारेन्टाइन १३ वेडको आइसोलेसन

  चैत १५, २०७६

काभ्रे, चैत १५ : विश्वभर फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, अस्पताल, नेपाली सेना र प्रहरीको सक्रियतामा क्वारेन्टाइन, आइसोलेसन वाड निर्माण भएका छन ।

जिल्लाका विभिन्न स्थानमा २१६ क्वारेन्टाइन निर्माण भएका छन भने १३ आइसोलेसन वाड तयार भएका छन । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले धुलिखेल नगरपालिकामा ७० वेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

त्यस्तै बनेपा नगरपालिकाको रेडक्रस तालिम केन्द्रमा ६५ वेडको तयारी हुँदै गरेको जानकारी दिनुभयो । हामी धुलिखेल नगरपालिकाको सञ्जीवनी नमूना माध्यमिक बिद्यालयमा सञ्चालन गर्ने व्यवस्था मिलाइसकेका छौँ । यहाँ चाहिने डाक्टर, सुरक्षाको व्यवस्थापन, खानपान लगायतको व्यवस्थापन गरेका छौँ । उहाँले अहिले सम्म कोही पनि क्वारेन्टाइन बस्नुपर्ने अवस्था काभ्रेमा नआएको जानकारी दिनुभयो ।

त्यस्तै पनौती नगरपालिका र मण्डनदेउपुर नगरपालिका २०÷२० वेडको क्वारेन्टाइन तयार भएको जनाइएको छ । पाँचखाल नगरपालिका र रोसी गाउँपालिकामा १०÷१० वेड, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा आठ-आठ र चौँरीदेउराली गाउँपालिका पाँच वेड क्वारेन्टाइन निर्माण भएको डा. झाले जानकारी दिनुभयो ।

डा. झाका अनुसार धुलिखेल अस्पतालमा आठ वेड र शिरमेमोरिय अस्पताल बनेपामा पाँच वेडको आइसोलेसन वाड तयारी अवस्थामा रहेको छ । पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच वेडको सेमी आइसोलेसन वाड तयारी अवस्थामा रहेको झाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया