अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित

  चैत १५, २०७६

काबुल, चैत १५ : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ ।

थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले शनिबार बताउनु भएको छ ।

अफगानिस्तानको हेरात प्रान्तमा ११, छिमेकमा रहेको फराह प्रान्तमा १ जना र पूर्वी प्रान्त घाज्नी एक जनामा थप सङ्क्रमण देखिएको मयारले जानकारी दिनु भएको् छ ।

अफगानिस्तानमा गत फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखिएको र सो समयदेखि हालसम्म १ हजार भन्दा बढी व्यक्तिलाई कोरोना भाइरस (कोभिड –१९) को परिक्षण गरिएको छ । परिक्षणको क्रममा ११० जनामा कोरोना भाइरस सङ्क्रमण देखा परेको मयारले बताउनु भएको छ ।

अफगानिसतानमा कोरोना भाइरस सङ्क्रमणको कारण तीन व्यक्तिको मृत्यु भएको छ भने, अन्य तीन उपचारपछि घर फर्किएका छन् ।

कोभिड –१९ को रोकथाम गर्न सरकारले राजधानी काबुलमा २१ दिनको कफर््यूको आदेश जारी गरेको छ । उक्त कफर््यू आदेश शनिबारदेखि लागू हुने भएको छ । यस अघि नै अफगानिस्तानको पश्चिमी तीन शहर हेरात, फराह र जरनजमा कफर््यूको आदेश गरिसकेको छ ।

तपाईको प्रतिक्रिया