करिब ६ सय यूरोपेली पर्यटक स्वदेश फिर्ता हुँदै

  चैत १३, २०७६

नयाँ दिल्ली, चैत १३ : भारत सरकारले कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमणका कारण सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकै अवस्थामा जर्मन सरकारको अनुरोधमा कतार एअरलाई दुई विशेष (चार्टर्ड) उडानको अनुमति दिएको छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयमार्फत पठाएको अनुरोधपछि भारतीय हवाई विभागले शुक्रबार र शनिबार एक-एक विशेष उडानको अनुमति दिएको हो । शुक्रबार र शनिबार बिहान १०ः१५ मा अवतरण गर्ने कतार एअरको विशेष विमान नयाँ दिल्लीबाट ११ः३० मा दोहाका लागि छुट्नेछन् भने दोहाबाट फ्¥याकफर्ट जानेछन् । विमान खालि आउनेछन् भने जाँदा दुबैले गरी ६०० यात्रुलाई फिर्ता लानेछन् ।

जर्मन दूतावास र युरोपेली युनियनको पहलमा ती पर्यटक स्वदेश जान लागेका हुन् । प्राप्त जानकारी अनुसार तीमध्ये कसैलाई पनि कोरोनाभाइरस संक्रमण देखिएको छैन । बिहीबार जर्मनीका राजदूत वाल्टर जे लिन्डाले ट्वीट गर्दै बुधबार राति पहिलो विशेष उडानमार्फत् करिब ५०० नागरिकलाई स्वदेश पठाइएको र शुक्रबार र शनिबार करिब ६०० व्यक्ति यूरोप फकिैने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया