कोरोना संक्रमणविरुद्ध महानगरको अभियान : बुधबार १० वटा ट्यांकरले कीटनासक छर्कँदै

  चैत १३, २०७६

काठमाडौं, चैत १३ : काठमाडौं महानगर पालिकाले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन शहरका विभिन्न स्थानमा कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ ।

यस क्रममा बुधबार महानगरको एउटा टोलीले बबरमहल, बनेश्वर तीनकुने र सिनामङ्ल क्षेत्रमा औषधि छरेको थियो भने अर्को टोलीले जमल, लाजिम्पाट र पानीपोखरीहुँदै महाराजगञ्ज् क्षेत्रसम्म पुगेको र अर्को टोलीलाई बसन्तपुर आसपास क्षेत्रमा केन्द्रीत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक धनपति सापकोटाका अनुसार बुधबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट््याङ्कर परिचालन गरिनेछन् । ४० हजार लिटर पानीमा १४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने आजको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ ।

बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई सहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

मंगलबार वीर अस्पताल, टेकु अस्पतालसहित भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटाणुशोधन÷निस्संक्रामक औषधी छर्किएको थियो । यससँगै बु्रमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया